close

रुपन्देही उद्योग संघको आयोजनामा बजेटमाथि अन्तरक्रिया सम्पन्न

रुपन्देही उद्योग संघको आयोजनामा बजेटमाथि अन्तरक्रिया सम्पन्न

Trulli
ADVERTISEMENT

रुपन्देही उद्योग संघको आयोजनामा आर्थिक वर्ष २०७९/८० को बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

संघका अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत मुक्ति आचार्यले कार्यपत्र प्रस्तुत गरे । 

प्रमुख भन्सार अधिकृत ढकालले बजेटमा उल्लेखित उद्योग व्यवसाय क्षेत्रसँग सम्बन्धित भन्सारका विषयहरुमा र प्रमुख कर अधिकृत आचार्यले राजस्व व्यवसाय कर एवं आयकर लगायतका विषयहरुमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरू उपर उद्योगी रामप्रसाद बस्याल, मेघराज भण्डारी, रामप्रसाद खनाल,राजु अधिकारी दिलु शाही बिष्णुप्रसाद रेग्मी लगायतले आफ्ना जिज्ञासाहरू राखेका थिए ।

कार्यक्रममा उठेका विषयहरु उपर दुबै कार्यालयका प्रमुखज्यूहरूले प्रस्ट पारेका थिए । सो अवसरमा लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एवं संघका अध्यक्ष परिषद्का अध्यक्ष एजाज आलमले कर तथा भन्सारका कर्मचारी साथीहरुलाई उद्योग मैत्री बन्न आग्रह गरे । सोही अवसरमा बोल्नुहुँदै संघका पूर्वअध्यक्ष महेन्द्रनारायण श्रेष्ठले संघले उद्योगीहरुको आवश्यकता बमोजिम कार्यक्रमहरु आयोजना गरेकोमा खुशी व्यक्त गरे।