close

उच्च अमेरिकी सैनिक अधिकारी स्वदेश फिर्ता

उच्च अमेरिकी सैनिक अधिकारी स्वदेश फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी इन्डो प्यासिफक कमाण्डका जनरल चार्ल्स ए फ्लिन चार दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । 

नेपाली सेनाका लेफ्निेन्ट जनरल बालकृष्ण कार्कीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । फ्लिन गत बिहीबार नेपाल आएका थिए । 

नेपालमा रहँदा उनले राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए। 

उनले नेपाली सेनाको मुख्यालय, शिवपुरीस्थित स्टाफ कलेज र पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रको भ्रमण पनि गरेका थिए । 

फ्लिनलाई नेपाली सेनाले मुख्यालयमा गार्ड अफ अनरले सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी उनले कान्तिपथस्थित फोरा दरबारमा पूर्व सैनिक अधिकारीसँग अन्तरक्रिया पनि गरेका छन् ।