close

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Trulli
ADVERTISEMENT

वीरगञ्ज । बारामा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सुवर्ण गाउँपालिका-७ सनफुल्वा टोल बस्ने ३५ वर्षीय विरुलाल यादव र भारतको मोतिहारी जिल्ला पूर्वी चम्पारण समरपुर-२ बस्ने ३० वर्षीय मेवा चन्द्र राय यादवको मृत्यु भएको हो ।

आइतबार राति साढे १० बजे हुलाकी राजमार्गको बारा महागढीमाई नगरपालिका-८ थलही पुलमा बरियारपुरबाट लंगडाचोकतर्फ जाँदै गरेको प्र.०२-०३-००४प. ७९३४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलसहित चालक र पछाडि बसेका दुबैजना पुलबाट २५ फिट तल खसेर गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा गए राति उनीहरुको मृत्यु भएको कलैया अस्पतालले जानकारी  दिएको छ ।