close

कोटेश्वरमा दुर्घटना, एक महिलाको मृत्यु

कोटेश्वरमा दुर्घटना, एक महिलाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । कोटेश्वरमा मिनि ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

पाँचथरको मिक्लाजुङ गाँउपालिका-५ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने अन्दाजी ३४ वर्षीया सम्झना राईको मृत्यु भएको हो ।

गम्भीर घाइते राईको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

कोटेश्वरबाट जडिबुटी जादै गरेको ना ५ ख २८१९ नम्बरको मिनि ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ७१ प ३०५४ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिएको थियो ।

दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।