close

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीशसहितको इजलासमा पेशी

आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

कामु प्रधानन्यायाधीशसहितको इजलासमा पेशी

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विरुद्धको मुद्दाको पेशी आज कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ ।

वैशाख १८ गते मन्त्रिपरिषद्को निर्णयबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै वरियताको पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ गते पूर्ण सुनुवाइका लागी आदेश दिएकी थिइन् । जेठ १७ गते नै एआईजी बढुवा विरुद्ध पूर्व डिआइजी ईश्वरबाबु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेस तोकिएको थियो । तर, प्रतिवादी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि त्यो दिन सुनुवाइ भएन ।

न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० गते मुद्दाको अन्तिम सुनुवाइ गर्न पेशी तोकेका थिए । सोमबार  आइजिपी नियुक्ति विरुद्ध परेको रिट र पूर्व डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले एआईजी बढुवा विरुद्ध हालेको रिट एकसाथ सुनुवाइ हुँदै छ । अर्याल सहित ३ जना डिआइजीले अहिलेका आइजिपी सिंह र एआइजी धानुकलाई वरीयता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।

आइजिपी विवादबारे सर्वोच्च अदालतले एआइजी सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णयको मिसिल झिकाएको छ । आइजिपी सिंहले वैशाख १९ गते नै दर्ज्यानी चिन्ह लगाएर नेपाल प्रहरीको कमान्ड सम्हालिसकेका छन् ।