close

विद्युत् सर्ट भई घरमा आगलागी हुँदा एक जनाको मृत्यु

विद्युत् सर्ट भई घरमा आगलागी हुँदा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । दोलखाको शैलुङ गाउँपालिका–१ दुधपोखरी ठाडेमा विद्युत् सर्ट  भई  एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरीका अनुसार सोमबार  बिहान करिब चार बजे विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निभकुमारी मगरको मृत्यु भएको हो । 

भुईँतलामा लागेको आँगो माथिल्लो तलामा पुगेपछि माथिल्लो तलामा सुतेका परिवारका सदस्यले थाहा पाएका थिए। आगलागीबाट घरमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ।