close

त्रिविको प्रश्नपत्र अघिल्लो वर्षकोसँग हुबहु मिलेपछि...

त्रिविको प्रश्नपत्र अघिल्लो वर्षकोसँग हुबहु मिलेपछि...

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिविको स्नातकोतर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्न हुबहु  मिलेपछि त्रिविले छानबिनका लागि समिति गठन गरेको छ । 

रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेसल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति बनाइएको जानकारी दिए ।

त्रिविले जेठ १८ गते लिएको  स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो ।
 
त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।