close

स्थानीय तहमा परिणाम कम देखिए पनि ३४ प्रतशित पपुलर मत आयो : एमाले

स्थानीय तहमा परिणाम कम देखिए पनि ३४ प्रतशित पपुलर मत आयो : एमाले

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचन परिणाम अपेक्षकृत नआएको, तर पुपुल मत भने आएको निष्कर्ष निकालेको छ । 

सोमबार बसेको नेकपा एमालेको सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

त्यस्तै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले निर्वाचन मतपरिणामअनुसार एमाले कमजोर देखिए पनि ३४ प्रतिशत पपुलर मतसहित नेकपा एमाले अग्रस्थानमा रहेको बताए । 

‘निर्वाचन प्रकृयामा जित र हार, सफलता र असफलता स्वाभाविक हो, हाम्रो सबैभन्दा ठुलो चिन्ता विभिन्न ठाउँमा स्वच्छ, निष्पक्ष ढंगले निर्वाचन भएन भन्ने हो,’ उनले भने, ‘जसरी पनि जित्नुपर्छ भन्ने मान्यताबाट दिशा निर्देशित भयो । तर, ३४ प्रतिशत पपुलर मत सहित एमाले अहिले पनि अगाडि छ,’ उनले भने ।