close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौ‌ । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जाएको छ ।

आज (मंगलबार) विहान प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी, बाग्मती, मधेश प्रदेश तथा प्रदेश १ का केही स्थानमा मेग गर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बाँकी भू-भागमा आंशिक देखि मौसम सफा रहनेछ । प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ तथा मधेश प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्य बदली तथा वाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र  अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले  जनाएको छ ।