close

अमेरिकालाई पत्र लेखिएको हो, बीचमा इन्डो प्यासिफिक आएपछि परिस्थिति बदलियो : सिलवाल

अमेरिकालाई पत्र लेखिएको हो, बीचमा इन्डो प्यासिफिक आएपछि परिस्थिति बदलियो : सिलवाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई पत्र पठाएकमे पत्र आधिकारिक भएको बताएका छन् । 

सन् २०१५ मा सरकारको स्वीकृत लिएरै सेनाले अमेरिकालाई पत्र लेखेको उनको उनले पालिका खबरलाई बताए ।

तर, त्यो पत्र नेपालमा महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि तत्कालीन समयमा पत्र लेखेको उनको भनाइ छ । 

त्यतिबेला इन्डो प्यासिफिक रणनीति (आइपिएस) भन्ने कुरा नै नभएको भन्दै उनले भने,  ‘त्यतिबेला विपदमा नेसनल गार्ड विज्ञ भएकाले विपद् पूर्वतयारी, क्राइसिस म्यानेजमेन्ट, एभिएसन लजिस्टिक (विमान, हेलिकप्टरहरु), लगायतका विषयमा सहकार्य गर्न प्रस्ताव गरेका थियौँ,’ तर, बीचमा इन्डो प्यासेफिक रणनीति (आइपिएस) आएपछि परिस्थिति बदलियो,’ उनले भने । 

तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले कुनै गठबन्धनमा जाने वा कुनै विषयका लागि लिखित सम्झौता गर्ने भनी पत्र नलेखेकाे उनले बताए ।