close

प्रधानसेनापति आज संसदीय समितिमा उपस्थित हुने

प्रधानसेनापति आज संसदीय समितिमा उपस्थित हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज संसदीय समितिमा जाने भएका छन् । 

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।

समितिले उनलाई शुक्रबार बिहान ९ बजेका लागि बोलाएका हो ।

बुधबार अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो भने नेपाली सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको र नरहने जनाएको थियो । 

बिहीबार तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएसँगै समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।