close

निहारिकाले तोडिन् अनशन

निहारिकाले तोडिन् अनशन

Trulli
ADVERTISEMENT

काठमाडौं । पाँच बुँदे माग राखी २७ जेठदेखि आमरण अनशनमा बसेकी महोत्तरी जलेश्वर-९ की सोनाली कुमारी सिंह निहारिकाले बिहीबार बेलुका अनशन तोडेकी छिन् । सरकारसँग पाँचबुँदे सहमति गरेर उनले अनशन तोडेकी हुन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा जुस खाएर उनले अनशन तोडेकी हुन् । 

प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने सहमति भएको छ ।

त्यस्तै, उनी र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्नेलगायतका सहमति भएको हो ।

सहमतिपत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।