close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (शनिबार) बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भूभगमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

अज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १,  मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।