close

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

Trulli
ADVERTISEMENT

धादिङ । धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको गाडी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । 

बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति करिब ११ बजे नीलकण्ठ नगरपालिका-८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार ६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि घर फर्किएका छन् ।

दुर्घटनापछि सवारी चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।