close

स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

Trulli
ADVERTISEMENT

बुटवल । स्विमिङ पुलमा डुबेर रुपन्देहीको भैरहवामा एक युवकको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

शुक्रबार साँझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए ।

मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको बताएका छन् ।