close

नयाँ मिस नेपाल आज छानिने

नयाँ मिस नेपाल आज छानिने

Trulli
ADVERTISEMENT

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को विजेता आज छानिने भएको छ । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिड्दैछन् ।

गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा मध्यान्ह प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आयोजना हुँदैछ । 

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सक (डाक्टर) सहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका छन् । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिनेछन् ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब(टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ । आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका छन् । 

प्रतियोगितमा सहभागी चिकित्सकहरुमा प्रतिस्पर्धी नम्बर ३ डा. दिलाशा डोटेल, नम्बर ५ डा. आयुष्नोभा ढुंगाना, नम्बर ७ डा. मेरिका बास्तोला (डेन्टिष्ट), नम्बर १४ डा. सरीषा श्रेष्ठ, नम्बर १८ डा. यशस्वी श्रेष्ठ तथा नम्बर २३ डा. गंगा गुरुङ रहेका छन् ।