close

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति बिरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदैछ । 

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा जेठ ३० गते सुनुवाई गरेर मुद्दा असार ५ मा हेर्दाहेर्दैमा राख्ने आदेश गरेका हुन् । 

वैशाख १८ गते मन्त्रिपरिषद्को निर्णयबाट धीरजप्रताप सिंह प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आइजिपी नियुक्त गरेको भन्दै वरियताको पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत वैशाख २२ गते न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ गते पूर्ण सुनुवाइका लागी आदेश दिएकी थिइन् । जेठ १७ गते नै एआईजी बढुवा विरुद्ध पूर्व डिआइजी ईश्वरबाबु कार्की समेतले दायर गरेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेस तोकिएको थियो । तर, प्रतिवादी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि त्यो दिन सुनुवाइ भएन ।

कामु प्रधानन्याधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० गते मुद्दाको अन्तिम सुनुवाइ गर्न पेशी तोकेका थिए । उक्त मुद्दाको आज सुनुवाइ हुन लागेको हो । 

आइजिपी सिंहले वैशाख १९ गते नै दर्ज्यानी चिन्ह लगाएर नेपाल प्रहरीको कमान्ड सम्हालिसकेका छन् ।