close

आज प्रतिनिधिसभा बैठक, यस्ता छन् सम्भावित कार्यसूची

आज प्रतिनिधिसभा बैठक, यस्ता छन् सम्भावित कार्यसूची

Trulli
ADVERTISEMENT

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने सस्भावित कार्यसूची छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधनविधेयक, २०७९–संसदमा प्रस्तुत गर्नेछन्। 

यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ।

साथै ‘ऋण तथा जमानत २५औं संशोधन विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।