close

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ सभामुखको रुलिङ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ सभामुखको रुलिङ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले सो रुलिङ गरेका हुन् ।

‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि)मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख सापकोटाले भने, ‘यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेश गर्न निर्देश गर्दछु ।’