close

अन्य कम्पनीका ट्रेडमार्क प्रयोग गरी नक्कली पानी बेच्ने २ जना पक्राउ

अन्य कम्पनीका ट्रेडमार्क प्रयोग गरी नक्कली पानी बेच्ने २ जना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । विभिन्न कम्पनीका ट्रेडमार्क प्रयोग गरी पानी बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीका अनुसार उपत्यकामा विभिन्न कम्पनीको ट्रेडमार्क प्रयोग गरी जारको पानी बेचेको अभियोगमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठलाई पक्राउ परेका हुन्  ।

उनीहरुको साथबाट १९७ वटा पानीको जार बरामद गरिएको छ । यसरी अन्य कम्पनीको ट्रेडमार्क भएको पानीको जार विक्री गर्न प्रयोग गरिएका दुई वटा गाडीलाई पनि प्रहरीले बरामद गरोके छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।