close

वायु सेवा सञ्चालक संघको ५ बुँदे माग, बुधबारदेखि हवाई सेवा रोक्ने घोषणा

वायु सेवा सञ्चालक संघको ५ बुँदे माग, बुधबारदेखि हवाई सेवा रोक्ने घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । वायु सञ्चालक संघ नेपालले बुधबारदेखि हवाई सेवा रोक्ने घोषणा गरेको छ ।मंगलबार पत्रकार सम्मेलन गर्दै संघले सो घोषण गरेको हो । 

हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको मागसहित ५ बुँदे मागसमेत राखेको छ ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायत भौतिक पूर्वाधारका लागि स्थान उपलब्ध गराउनुपर्ने संघले माग राखेको छ ।