close

नागरिक उड्डयन प्राधिकरणको वायुसेवा कम्पनीलाई चेतावनी : धाकधम्की चल्दैन

नागरिक उड्डयन प्राधिकरणको वायुसेवा कम्पनीलाई चेतावनी : धाकधम्की चल्दैन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले वायु सेवा कम्पनीलाई हवाई सेवामा हड्ताल नगर्न चेतावनी दिएको छ ।  

वायु सेवा कम्पनीले पत्रकार सम्मेलन गरी सेवा नै प्रभावित पार्ने चेतावनी दिएकै दिन नागरिक प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी वायु सेवा कम्पनीलाई सो चेतावनी दिएको हो । 

 मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने  चेतावनी दिएको थियो । 

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले धाकधम्की नचल्ने बताउँदै भने, ‘ धाकधम्की यहाँ  चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’