close

प्राधिकरण र संघबीच सहमति, आन्तरिक उडान नियमित

प्राधिकरण र संघबीच सहमति, आन्तरिक उडान नियमित

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच सहमति भएको छ ।

सहमतिपछि आज (बुधबार) आन्तरिक उडान नियमित हुने भएको छ । आजको उडान सञ्चालन गर्ने विषयमा प्राधिकरणबीच मंगलबार मध्यरातमा सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशकसहित वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहितको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो । 

राति ११ बजेसम्म भएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज माग सम्बोधन गर्ने भएपछि उडान नियमित गर्ने सहमति भएको हो ।

वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलका अनुसार आन्तरिक उडान खुला राखेर वार्तालाई निरन्तरता दिइने छ । छलफल बुधवार मध्याह्न १२ बजे प्राधिकरण केन्द्रीय कार्यालयमा हुनेछ ।

वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि आन्तरिकतर्फका सबै उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गरेको थियो ।

प्राधिकरणले पनि पत्रकार सम्मेलन गरी हवाइ उडान ठप्प पारे कारवाही गर्ने चेतावनी दिएको थियो ।