close

मालबाहक गाडीलाई अनिवार्य भारमापन गर्न पनौती नगरपालिकाको निर्देशन

मालबाहक गाडीलाई अनिवार्य भारमापन गर्न पनौती नगरपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

बनेपा । पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालबाहक सवारी साधनलाई अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएको छ । 

मालबाहकसवारीसाधनका लागि नगरको ५ नम्बर वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । 

जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न/गराउन समेत आग्रह गरेको छ ।  

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो । 

सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो । 

‘दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालबाहकसवारीसाधनमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो’, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले भने । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो । 

बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ । 

ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको हो ।