close

१० करोडको बार्गेनिङ : तीन सदस्यीय छानबिन समिति गठन

१० करोडको बार्गेनिङ : तीन सदस्यीय छानबिन समिति गठन

Trulli
ADVERTISEMENT

काठमाडौं । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारे जिल्ला न्यायाधीशमाथि छानबिनका लागि तीन सदस्यीय समिति गठन गरिएको छ। 

बुधबार बसेको न्यायपरिषद्को बैठकले  न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको कानुन मन्त्री गोविन्द प्रसाद शर्माले जानकारी दिए।

न्युज २४ टिभीले न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो प्रशारण गरेको थियो।

न्यायाधीश कोइरालाले भने आफूबाट कुनै अनुचित काम नभएको दाबी गरेका छन्। उनले आफूमाथि न्याय परिषद्‌बाट छानबिन भए पूर्णसहयोग गर्ने बताएका छन् । 

 अभियुक्त तामाङ साढे ५ अर्ब ठगी गरेको अभियोगमा कारागारमा छन् ।