close

मध्यरातमा १७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर

मध्यरातमा १७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर

Trulli
ADVERTISEMENT

काठमाडौं । बुधबार राति नायब महानिरिक्षक (डीआईजी)को रिक्त १७ दरबन्दीका लागि बढुवा सिफारिस भएको छ । बढुवा समितीले १५ महिना जुनियर चार जना एसएसपीलाई  सिफारिस गरेको छ ।

पहिलो नम्बरमा बसन्त कुँवर छन् । दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह रहेका छन् ।

कुँवर हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख रहेका छन् । २०५१ चैत तथा २०५२ साउन र मंसिरमा सेवा प्रवेश गरेर एसएसपी भएकामध्येबाट पहिलो लटमा डीआईजी बढुवा सिफारिस भएको हो ।

यो ब्याचबाट आगामी चैतमा नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन सक्ने छ । डीआईजीबाटै आईजिपी बन्ने सम्भावना रहेकाले बढुवामा चरम रस्साकस्सी भएको थियो ।

बुधबार राति निकालिएको बढुवा सिफारिसमा अशोक सिंह, किरण राना, दुर्गा सिंह र सुदीप गिरी सूचीमा रहेका अन्यभन्दा १५ महिना जुनियर एसएसपी हुन् ।

उनिहरु २०७७ बैशाखमा एसएसपी भएका थिए । अन्य भने २०७५ माघमै एसएसपी बनेका हुन् । २०७५ माघमा एसएसपी बनेका सबै सिफारिसमा परेका छन्  १७ दरबन्दी रिक्त रहेकाले चार जना १५ महिना जुनियर एसएसपी पनि बढुवा हुने सम्भावना रहेको थियो ।

तर एसएसपीको वरियतामा भने ब्यापक हेरफेर भएको छ । एसएसपीमा बढुवा हुँदा सन्दीप भण्डारी पहिलो, दोस्रो टेकप्रसाद राई, तेस्रो उमेशराज जोशी, चौथो श्यामलाल ज्ञवाली थिए भने बसन्त कुँवर १२ औँ नम्बरमा रहेका थिए । यस्तै २०७७ बैशाखमा एसएसपीमा बढुवा हुँदा आफ्नो ब्याचमध्ये विष्णुकुमार केसी पहिलो, अशोक सिंह पाचौँ, सुदिप गिरी छैटौँ, दुर्गा सिंह सातौँ र किरण राना आठौँ नम्बरमा रहेका थिए ।

२०५१ चैतमा सेवा प्रवेश गरेका चारै जना महिला अधिकृत एकसाथ डीआईजीका लागि सिफारिस भएका हुन् ।

डीआईजी बढुवाका लागि सिफारिस भएका एसएसपीहरू