close

एमाले जिल्ला अध्यक्षको घर अगाडि प्रेसर कुकर बम !

एमाले जिल्ला अध्यक्षको घर अगाडि प्रेसर कुकर बम !

Trulli
ADVERTISEMENT

झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।

कार्कीको घर गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु (तारले जडित प्रेसर कुकर) फेला परेको हो ।

आज बिहान ५:३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए ।

शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताए ।

सेनाले हटायो पूर्वमन्त्रीको घर अगाडिको शंकास्पद वस्तु