close

सेनाले हटायो पूर्वमन्त्रीको घर अगाडि भेटिएको शंकास्पद वस्तु

सेनाले हटायो पूर्वमन्त्रीको घर अगाडि भेटिएको शंकास्पद वस्तु

Trulli
ADVERTISEMENT

झापा । नेकपा एमालेका नेता एवं प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको घरअगाडि फेला परेको शंकास्पद वस्तु सेनाले हटाएको छ ।

गौरादह ३ स्थित कार्कीको घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु (तारसहितको प्रेसर कुकर) सेनाको डिस्पोजल टोलीले हटाएको हो ।

चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेका हुन् ।

तार जोडिएको कुकर फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बम हुन सक्ने भन्दै शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्रह गरेको थियो ।

कुकरमा तार जडान गरिए पनि उक्त कुकर खाली रहेको प्रहरी नायब उपरीक्षक दीलिप गिरीले जानकारी दिए ।

तर्साउनको लागि मात्र कुकरमा तार जोडेर राखिएको स्थानीयले बताए । उक्त कुकर त्यहाँ ल्याएर राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।