close

चन्द्रागिरिको जंगलमा हराएका तीन जनाको उद्धार

चन्द्रागिरिको जंगलमा हराएका तीन जनाको उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि जंगलमा हराइरहेका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । 

प्रहरी वृत्त थानकोटबाट गएको १० जनाको प्रहरी टोलीले टर्च, डोरी, स्ट्रेचरसहितका सामाग्रीसहित खोजीमा जुटेर उनीहरूको उद्धार गरेको हो । 

चन्द्रागिरिको जंगलमा शनिबारदेखि हराइरहेका पोर्टोरिकोका ३४ वर्षीय डग्लस रो, भारतको चण्डीगढका ३० वर्षीय नवप्रीत डिलोन र भारतको मुम्बईका २९ वर्षीय माधव गुप्ताको सकुशल उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उनीहरूलाई थानकोटबाट करिब ७ किलोमिटरमाथि जंगलस्थित थानकोट-चित्लाङ सडक खण्डको १०० मिटर तल भिरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

प्रहरीले उनीहरूलाई उद्धार डोरीसहितको सहयोगमा सकुशल उद्धार गरेर प्रहरी वृत्त थानकोटमा ल्याएर साथीहरूको जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ।