close

हुम्लामा हवाई उडान ठप्प: खाद्यान्न अभाव, महँगी बढ्यो

हुम्लामा हवाई उडान ठप्प: खाद्यान्न अभाव, महँगी बढ्यो

Trulli
ADVERTISEMENT

हुम्ला । हुम्लामा लगातार वर्षाका कारण नियमित हवाई उडान हुन सकेको छैन । 

नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन्  ।  सदरमुकाम सिमकोटमा महँगी बढेर उपभोग्य सामानको मूल्य वृद्धि भएको छ ।

मुख्य यातायात मार्ग नै नियमित नभएपछि महँगी बढेको हो ।

पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा विकास निर्माण काम पनि ठप्प भएका छन् । 

हुम्ला जिल्लामा खाद्यान्नको समेत समस्या भएको स्थानीय कृषक परेकबहादुर रोकायाले बताए ।