close

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

Trulli
ADVERTISEMENT

वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार बिहान २ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

लेदो हटाएर आज बिहान ५ बजेदेखि दुइतर्फी सञ्चालन गरिएको सडकमा पुन ६ बजे लेदो झरेपछि एकतर्फी भएको थियो ।

अहिले पुनः लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा हरेक दिन जसो पहिरो आईरहने गर्दछ ।