close

सिद्धार्थ राजमार्गः ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

सिद्धार्थ राजमार्गः ठाउँ-ठाउँमा पहिरो, यातायात अवरुद्ध

Trulli
फाइल तस्विर
ADVERTISEMENT

पाल्पा । आज (मंगलबार) बिहानैदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । 

राजमार्गको तानसेन–बुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा दर्जन बढी पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको छ । वर्षा नरोकिएकाले पहिरो पन्छाउन नसकिएको दोभान प्रहरीले जनाएको छ ।

दोभान प्रहरी चौकी प्रमुख विष्णुबहादुर कुँवरका अनुसार ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने छ ।

प्रहरीले बुटवलतर्फबाट आउने सवारी साधनलाई तल्लो सिद्धबाबा क्षेत्रमा र तानसेनतर्फबाट बुटवल हिँडेका सवारी साधनलाई दोभान प्रहरीचौकीमा रोकेको छ ।

सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवलतर्फ जाने सवारी साधन र यात्रु बाटोमै अलपत्र छन् । 

वर्षा याम सुरु भएसँगै दोभानदेखि सिद्दबाबा क्षेत्रमा दिनहुँ पहिरो खस्ने समस्या बढेको छ ।