close

बालुवाटारमा आगलागी

Trulli
ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको छ ।

आज (बुधबार) बिहान करिब ६ बजेदेखि आगलागी भएको स्थानीयले बताएका छन् ।

दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगो निभाउन काठमाडौं महानगरपालिकाको दमकल आएको तर त्यसले काम नगरेपछि नेपाल प्रहरीको दमकलको सहयताले आगो निभाउन थालिएको छ ।

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।