close

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईको मृत्यु

Trulli
ADVERTISEMENT

दाङमा मोटरसाइकलले दुईवटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बिहीबार राति पौने ९ बजे घोराहीबाट सौडियारतर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा सडकमा गुडिरहेका दुईवटा साइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परी साइकलयात्री घोराही उपमहानगरपालिका वडा नम्बर १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ वर्षीय गंगाबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालका अनसार घाइते दुई जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका घोराही– ७ का ३८ वर्षीय बसन्त चौधरीको अवस्था गम्भीर छ । चौधरीको नाक, मुख र टाउकोमा गहिरो चोट लागेको रिजालले बताए ।

उक्त घटनामा घाइते भएका साइकलमा सवार घोराही– १५ का विनोद भण्डारीको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।