close

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौँ क्षेत्र नं ८ का दुवै प्रदेशको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणामअनुसार क्षेत्र नं ८ को प्रदेशसभा (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्य विजयी भएका छन् । उनले पाँच हजार ४६२ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का राजेशकाजीले शाक्य तीन हजार ७११ मत पाएका छन् ।

नेपाली कांग्रेसका राजुराज जोशीले तीन हजार ६७० मत पाएको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रमेश आचार्यले बताए ।

यसैगरी क्षेत्र नं ८ को प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाएका छन् । कांग्रेसका अमिन पाण्डेले एक हजार २३७ मत पाएको उनले बताए । 

काठमाडाैं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिराजभक्त श्रेष्ठ १० हजार १०५ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार १७४ मत पाएका छन् ।