close

हालसम्म क–कसले जिते त प्रतिनिधिसभामा (नामावली सहित)

हालसम्म क–कसले जिते त प्रतिनिधिसभामा (नामावली सहित)

Trulli
ADVERTISEMENT

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा हालसम्म ७४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भईसकेको छ । जस अनुसार नेपाली काँग्रेसले २५ सिटमा जित हासिल गर्दै पहिलो र नेकपा एमालेले १५ स्थानमा जित हासिल गर्दै दोस्रो पार्टी बनिरहेको छ ।

त्यसै गरी ७ स्थानमा जित्दै नेकपा माओवादी केन्द्र तेस्रो, ६ स्थानमा जित हात पार्दै नेकपा एकीकृत समाजवादी चौथो र ५ स्थानमा जित हात पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौ स्थानमा छ । त्यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थान, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक–एक सिटमा जित हात पारेका छन् ।

अहिलेसम्म जित्ने प्रतिनिधि सभा उम्मेदवारहरू–

कांग्रेस–

१) काठमाडौं–१: प्रकाशमान सिंह

२) काठमाडौं–३: सन्तोष चालिसे

३) काठमाडौं–४: गगन थापा

४) काठमाडौं–५:प्रदीप पौडेल

५) काठमाडौं–१०: राजन केसी

६) मनाङ– टेकबहादुर गुरूङ

७) मुस्ताङ– योगेश गौचन

८) तनहुँ–२:शंकर भण्डारी

९) सुर्खेत–२: हृदयराम थानी

१०) ललितपुर–१: उदयशमशेर राणा

११) पर्सा–४: रमेश रिजाल

१२) डडेल्धुरा: शेरबहादुर देउवा

१३) रसुवाः मोहन आचार्य

१४) ओखलढुंगाः रामहरि खतिवडा

१५) झापा–१: विश्वप्रकाश शर्मा

१६) पर्सा–२: अजयकुमार चौरसिया

१७) अछाम–२: पुष्प शाह

१८) कञ्चनपुर–३: रमेश लेखक

१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू

२०) कैलाली–४: वीरबहादुर बलायर

२१) गोरखा–१: राजेन्द्र बजगाइँ

२२) म्याग्दी: खमबहादुर गर्बुजा

२३) कञ्चनपुर–२: एनपी साउद

२४) भक्तपुर–२: दुर्लभ थापा क्षत्री

२५) दैलेख–२: दिक्पालकुमार शाही

एमाले–

१) ललितपुर–२: प्रेमबहादुर महर्जन

२) काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ

३) उदयपुर–२: डम्बरबहादुर रायमाझी

४) गुल्मी–२: गोकर्ण बिष्ट

५) ताप्लेजुङ: योगेश भट्टराई

६) झापा–५: केपी शर्माओली 

७) झापा–२: देवराज घिमिरे

८) पर्सा–३: राजकुमार गुप्ता

९) अर्घाखाँची: टोपबहादुर रायमाझी

१०) प्यूठान: सूर्य थापा

११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ

१२) मकवानपुर–२: महेशकुमार बर्तौला

१३) कास्की–२: विद्या भट्टराई

१४) रूपन्देही–५: वासुदेव घिमिरे

१५) पर्वत: पदम गिरी

माओवादी– १) सिन्धुली–२: लेखनाथ दाहाल

२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती

३) बाग्लुङ–२: देवेन्द्रराज पौडेल

४) सिन्धुपाल्चोक–१: माधव सापकोटा ’सुबोध’

५) रोल्पा: वर्षमान पुन

६) जाजरकोट: शक्ति बस्नेत

७) गोरखा–२: पुष्पकमल दाहाल ’प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)–

१) अछाम–१: शेरबहादुर कुँवर

२) बारा–४: कृष्णकुमार श्रेष्ठ ’किसान’

३) बझाङ: भानुभक्त जोशी

४) डोटी: प्रेम आले

५) दैलेख–१: अम्मरबहादुर थापा

६) सल्यान– प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी–

१) काठमाडौं–८: विराजभक्त श्रेष्ठ

२) काठमाडौं–२ : सोविता गौतम

३) काठमाडौं–७: गणेश पराजुली

४) काठमाडौं–६: शिशिर खनाल

५) चितवन–२: रवि लामिछाने

राष्ट्रिय प्रजातन्त्र पार्टी–

१) बाँके–२: धवलशमशेर राणा

२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी–

१) कैलाली–३: गंगाराम चौधरी

२) कैलाली–१: रञ्जिता श्रेष्ठ

जनमत पार्टी–

१) सप्तरी–२: डा सिके राउत

जनता समाजवादी पार्टी (जसपा)–

१) पर्सा–१: प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)

१) रूपन्देही–४: सर्वेन्द्रनाथ शुक्ला

२) सर्लाही–१: रामप्रकाश चौधरी

राष्ट्रिय जनमोर्चा–१) बाग्लुङ–१: चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी– १) भक्तपुर–१: प्रेम सुवाल

स्वतन्त्र– १) बर्दिया–२: लालवीर चौधरी (रेशम चौधरीका पिता)