close

काभ्रेका सबै प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेका सबै प्रदेशसभामा गठबन्धन विजयी

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका हुन् । उनले २० हजार ७२० मत प्राप्त पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत पाएका छन्।

प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी भएका छन्। उनले १९ हजार दुई सय ८० मतसहित जित हासिल गर्दा उनका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत पाए।

यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार (एकीकृत समाजवादी)का लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गरे। उनका मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत पाएका छन् ।

प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९५७ मत पाएका हुन् । जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ ले मतदान गरेका थिए ।