close

समानुपातिकमा दलहरुले प्राप्त गरेको मत (विवरण सहित)

समानुपातिकमा दलहरुले प्राप्त गरेको मत (विवरण सहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । समानुपातिकतर्फ मतगणना जारी रहँदा हालसम्म नेकपा एमाले प्रमुख दल बनेको छ । एमालेले २३ लाख ५ हजार ६ सय ८२ मतका साथ प्रमुख दल बन्न सफल भएको हो । 

नेपाली काँग्रेसले २२ लाख ९ हजार ४ सय १९ मतका साथ नेकपा एमालेलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्र ९ लाख ६७ हजार ९ सय ७० मत सहित तेस्रोमा रहेको छ भने रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख २५ हजार २ सय २ मत चौँथो स्थानमा छ । 

त्यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ ४ लाख ८७ हजार ५ सय ५२ मत पाउँदा जनता समाजवादी पार्टी २ लाख ८८ हजार ४ सय ९९ मत पाएको छ । 

आइतबार बिहानसम्मको मतपरिणाम हेर्दा राष्ट्रिय पार्टी बन्न संघर्ष गरिरहेका जनमत पार्टी र नेकपाएकीकृत समाजवादी पार्टीले क्रमशः २ लाख २१ हजार ४२७ र २ लाख २० हजार ५२८ मत पाएका छन् । 

हालसम्म ८३ लाख ९२ हजार २ सय ९८ मत गणना भईसकेको छ । १ करोड ६ लाखको हाराहारीमा समानुपातिकमा मत खसेको थियो । अब झण्डै २२ लाख मत गन्न बाँकी छ । 

समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको मत विवरण 

नेकपा एमालेः २३,०५,६८२

नेपाली काँग्रेसः २२,०९,४१९

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ः९,६७,९७०

राष्ट्रिय स्वतन्त्र पार्टीः ९,२५,२०२

राष्ट्रिय प्रजातन्त्र पार्टीः ४,८७,५५२

जनता समाजवादी पार्टी, नेपालः २,८८,४९९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ः २,२२,७५७

जनमत पार्टीः २,२२,६९५

नागरिक उन्मुक्ति पार्टीः १,९९,२३९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालः १,२०,३८६

नेपाल मजदुर किसान पार्टीः ६९,९९०

हाम्रो नेपाली पार्टीः ४७,८६९

राष्ट्रिय जनमोर्चाः ४३,०९१

मंगोल नेशनल अर्गनाइजेशनः ४३,०३६

नेपाल संघीय समाजवादी पार्टीः २८,६८९

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)ः २४,२८७

राष्ट्रिय जनमुक्ति पार्टीः १७,८६९

जनताप्रगतिशिल पार्टी, नेपालः १५,२१०

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १४,४०५

नेपालीकाँग्रेस (बी.पी.): १०,६८३

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपालआमा पार्टी–नेपालनौलो जनवादी पार्टी–सचेत नेपाली पार्टी–नेपाल सुशासन पार्टी ): १०,४१८

राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालः ९,४२६

बहुजन एकता पार्टी नेपालः ९,१९६

नेपाली जनता दलः ७,६१४

नेपालका लागि नेपाली पार्टीः ६,९४७

बहुजनशक्ति पार्टीः ६,१४२

नेपाल जनता पार्टीः ६,०९७

नेपाल लोकतान्त्रिक पार्टीः ५,९२८
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ः ५,९०१

नेपाल कम्युनिष्ट पार्टीः ५,८३३

मितेरी पार्टी नेपालः ५,७४३

आमूल परिवर्तन मसिहा पार्टी नेपालः ५,४६५

जनजागरण पार्टी नेपालः ४,७४७

जनसमाजवादी पार्टी, नेपालः ४,६०८

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी÷नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)–नेपाल दलित पार्टी ): ४,५१८

विवेकशील साझा पार्टीः ३,१४६

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीः ३,०५४

पिछडा वर्ग निषाद दलित जनजाति पार्टीः २,९६१

एकीकृत शक्ति नेपालः २,८६९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ः २,७८६

राष्ट्रिय मुक्ति आन्दोलन, नेपालः २,७२३

मौलिक जरोकिलो पार्टीः २,६४४

तराई मधेश लोकतान्त्रिक पार्टीः २,४०१

नेपाल समावेशी पार्टीः २,०८८

नेपाल कम्युनिष्ट पार्टी परिवर्तनः १,६०९

राष्ट्रिय नागरिक पार्टीः १,५३१

नेश्नलिष्ट पिपल्स पार्टीः १,३७३