close

आफ्नै लोगो प्रयोगमा ल्याउँदै लुङ्ग्री सरकार

आफ्नै लोगो प्रयोगमा ल्याउँदै लुङ्ग्री सरकार

Trulli
ADVERTISEMENT

रोल्पा । लुङ्ग्री गाउँपालिकाले प्रतीक चिन्ह(लोगो) निर्माण गर्नको लागि आव्हान गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै लोगो निर्माण गर्न इच्छुक व्यक्तिले ३० दिनभित्र पेश गर्न अनुरोध गरेको छ । 

सूचना अनुसार गाउँपालिकाले लोगो प्रयोजनमा ल्याउन लागेको छ । पालिकाको ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक महत्वको परिचय झल्कने लोगो निर्माण गर्नुपर्ने छ । 

उत्कृष्ट लोगोलाई पालिकाले प्रयोगमा ल्याउने र निर्माण गर्ने व्यक्तिलाई उत्कृष्ट पुरस्कारसहित प्रमाणपत्र वितरण गर्ने पालिकाले जनाएको छ ।