close

शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई टोपी र मफ्लर वितरण

शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई टोपी र मफ्लर वितरण

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई  जाडोमा लगाउने ऊलनको टोपी र मफ्लर वितरण गरेको छ । नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अवसरमा सो सामग्री वितरण गरेको छ । 

जाडोमा अन्य व्यक्तिभन्दा शारीरिक रुपमा अशक्त व्यक्तिलाई बढी असर पर्ने भएकोले सो सामग्री वितरण गरेको पालिकाले जनाएको छ । दिवसको अवसरमा देकोचास्थित ख्पव कलेजमा स्वास्थ्य शिविर तथा प्रतिभा प्र्रस्तुतीकरण कार्यक्रम भएको पालिकाले जनाएको छ । 

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिगत रुपमा फरक फरक क्षमता हुनेभएकोले जो व्यक्तिसँग सीप हुदैन उसले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था रहेकोले अपाङ्गता भएका व्यक्तिले पनि सीप सिक्न आवश्यक  रहेको बताए । उनले  नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको लागि हस्तकला सामग्री बनाउने तालिम सञ्चालन गरिएको र अपाङ्गता भएका व्यक्तिलाई सीप दिएर आत्मनिर्भर बनाउने तर्फ लागेको पनि बताए । 

 नगरपालिकाले निर्माण गर्ने संरचनाहरुमा पनि अपाङ्गमैत्री बनाउन पहल भइरहेको उनले बताए ।