close

विज्ञको फाराम भर्न चन्द्रागिरीको अनुरोध

विज्ञको फाराम भर्न चन्द्रागिरीको अनुरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । चन्द्रागिरी नगरपालिकाले  दक्ष स्वास्थ्य वा विज्ञको फाराम भर्न अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो फाराम भर्न स्थानीय बासिन्दा समक्ष अनुरोध गरेको हो । 

सूचना अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले मंसिर २२ गतेभित्र नगरपालिकामा सम्पर्क गर्न सक्नेछन् । 

पालिकाको अनुसार सामुदायिक घरदैलो कार्यक्रम अन्तर्गत सामुदायिक स्वास्थ्य अधिकृत र सामुदायिक नर्सहरुको परीक्षा सञ्चालन गर्नको लागि विज्ञ आवश्यक परेको हो । 

योग्यता पुगेका व्यक्तिले प्रमाणपत्रसहित फाराम भर्नु पर्ने पालिकाले जनाएको छ ।