close

रुपनीमा महिला स्वयम् सेविकाबीच हाजिरी जवाफ प्रतियोगिता

रुपनीमा महिला स्वयम् सेविकाबीच हाजिरी जवाफ प्रतियोगिता

Trulli
ADVERTISEMENT

सप्तरी । रुपनी गाउँपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाबीच हाजिरी जवाफ  प्रतियोगिता गरेको छ । गाउँपालिकाको आयोजनामा १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सो प्रतियोगिता गरेको हाे। 

पालिकालको अनुसार सो ३९ जना स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता  जनाएका थिए ।  महिला स्वास्थ्य स्वयंसेविकाले गर्दै आएको कार्य सम्बन्धी बिषय सहित  हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताए । 

उनका अनुसार प्रथम बसबित्ती स्वास्थ्य चौकी, दोस्रो  तेह्रहाेता स्वास्थ्य चौकी र तेस्रो हुने कटैया स्वास्थ्य चौकी  स्वयंसेवकहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।

 रेटिङमा सबैभन्दा बढी   ३९ जना स्वास्थ्य स्वयंसेवकलाई एकै ठाउँमा कम्बल, मोबाइल, झोला, छाता र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।