close

५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल र स्पेयर पम्प वितरण गर्दै बेथानचोक

५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल र स्पेयर पम्प वितरण गर्दै बेथानचोक

Trulli
ADVERTISEMENT

काभ्रे । बेथानचोक गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल विरुवा र स्पेयर पम्प वितरण गर्ने भएको छ । गाउँपालिकाले पालिकाभित्र बसोबास गर्दै आएका कृषकलाई सो टनेल वितरण गर्न लागेको हो । 

२०७९/०८० को स्वीकृत बार्षिक कार्यक्रम अनुरुप ५० प्रतिशत अनुदानमा टनेल र स्पेयर पम्प वितरण गर्न लागेको पालिकाले जनाएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति वा कृषकले मागफारामसहित आवेदन दिनुपर्ने पालिकाले जनाएको छ । 

पालिकाले सूचना प्रकासित गरेको २१ दिनभित्र कृषि शाखामा आवेदन दिनुपर्ने छ । सहकारी संस्था, कृषि समूहले आवश्यक कागजात सहित आवेदन दिन सकिने पालिकाले जनाएको छ ।