close

लैंगिक हिंसा विरुद्ध कार्यक्रममा सहभागी हुन अनुरोध

लैंगिक हिंसा विरुद्ध कार्यक्रममा सहभागी हुन अनुरोध

Trulli
ADVERTISEMENT

बारा । जितपुर सिमरा उपमहानगरपालिकाले लैंगिका हिंसा विरुद्ध १६ दिने अभियानमा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सो कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयलाई अनुरोध गरेको हो । 

सूचना अनुसार कार्यक्रममा मंसिर २३ गते विहान ११ बजेदेखि सुरु हुने छ । सो कार्यक्रममा प्रत्येक सामुदायिक विद्यालयबाट कक्षा ९ र १० बाट २ जना किशोरी र एक जना शिक्षिका सहभागी गर्न अनुरोध गरेको शिक्षा शाखाका प्रमुख शिवजी प्रसाईले बताए । 

पालिकाले मंसिर ९ गतेदखि २४ गतेसम्म नगरभित्रका सामुदायिक विद्यालयका किशोरीहरुसँग अन्तरक्रिया गर्दै आएको छ ।