close

अतिक्रमित सडकपेटी खाली गराउँदै इनरुवा

अतिक्रमित सडकपेटी खाली गराउँदै इनरुवा

Trulli
ADVERTISEMENT

सुनसरी । इनरुवा नगरपालिकाले सडकपेटी अतिक्रमण गरी बनाइएको संरचना खाली गर्न सुरु गरेको छ । मंगलबार दिउँसोदेखि पालिकाको टोली सडकपेटी खाली गर्न जुटेका छन् । 

पालिकाले सडकपेटि अतिक्रमण गरि बनाएको संरचना हटाउन पटक पटकको सार्वजनिक सूचना सार्वजनिक गरेको थियो । तर दुई पटक सूचना प्रकासित गर्दा पनि अटेर गरेपछि डोजर प्रयोग गरी पेटी खाली गराउन थालेका नगरप्रमुख केदार भण्डारीले बताए । 

उनका अनुसार सडकपेटिमा राखिएका संरचनाले पैदल यात्रुलाई हिड्न समस्या हुँदँ आएको छ । उनले सो संरचना हटाउनका लागि दसैं अघि नै ३५ दिने सूचना प्रकासित गरेको बताए । 

तर सूचना अटेर गरेपनि पुन तीन दिने सूचना प्रकासित गरेपनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले केही ढिलाई भएको उनले सुनाए । 

सडकपेटी खाली गर्न अटेर गरेपनि नगर प्रहरी र सुरक्षाकर्मीको सहयोगमा पालिकाले सो अभियान सुरु गरेको उनले बताए ।