close

पर्सागढी नगरपालिकाः एक जना कर्मचारी माग गर्दा सबै परिक्षार्थी अनुत्तीर्ण

पर्सागढी नगरपालिकाः एक जना कर्मचारी माग गर्दा सबै परिक्षार्थी अनुत्तीर्ण

Trulli
ADVERTISEMENT

पर्सा । पर्सागढी नगरपालिकाले करार सेवाको लागि लिएको परिक्षामा कुनै पनि परिक्षार्थी उत्तीर्ण हुन सकेको छैन । नगरपालिकाले एक सूचना जारी गर्दै परिक्षामा सहभागी भएका कुनै पनि परिक्षार्थीह सफल हुन नसकेको जनाएको छ । 

पालिकाले साउन ३० गते प्रधानमन्त्री रोजगारी (रोजगारी सेवा केन्द्र) का लागि  रोजगार सहायक पदमा करार सेवामा एक जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको थियो । सोही अनुरुप मंसिर १८ गते लिखित तथा प्रयोगात्मक परिक्षा सञ्चालन गरिएको पालिकाले जनाएकाे छ । 

परिक्षामा उत्तीर्णका लागि ४० प्रतिशत अंक ल्याउनु पर्ने भएता पनि सहभागी परिक्षार्थीले सो अंक नल्याएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईले बताए । उनका अनुसार सो पदको लागि पालिकाले पुनः अर्को सूचना जारी गर्ने छ ।