close

रुपन्देही र कपिलवस्तुमा गाईभैंसी नश्ल सुुधार कार्यक्रम सञ्चालन हुने

रुपन्देही र कपिलवस्तुमा गाईभैंसी नश्ल सुुधार कार्यक्रम सञ्चालन हुने

Trulli
ADVERTISEMENT

रुपन्देही ।  कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ ।  साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

परियोजनाका कार्यक्रम संयोजक शरद अधिकारीका अनुसार कपिलवस्तुको बाणगंगा र बुद्धभूमि नगरपालिका र रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा कृत्रिम गर्भाधान गरी उन्नत जातको नश्ल सुधार गर्न लागेको हो। 

तीन वर्ष भित्र हरेक पालिकाका छ हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गरिने बताइएको छ । स्थानीय जातबाट प्रति दिन तीन लिटर दूध उत्पादन हुने भएको र क्रसविड गर्दा दैनिक १० लिटर उत्पादन हुने भएकाले नश्ल सुधारको कार्यक्रमलाई प्राथमिकता दिएको परियोजनाका कार्यक्रम संयोजक शरद अधिकारीले बताउनुभयो ।