close

भृकुटीको शालिक अनवरण

भृकुटीको शालिक अनवरण

Trulli
ADVERTISEMENT

काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गरेकी हुन् । 

‘२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाममात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो’, उनले भनिन्, ‘सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो ।’

उनले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गरिन्।