close

भक्तपुरको थाथुचास्थित कृष्ण मन्दिर शिलान्यास

भक्तपुरको थाथुचास्थित कृष्ण मन्दिर शिलान्यास

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाको  वडा नम्बर ३ थाथुचास्थित कृष्ण मन्दिरको  शिलान्यास गरिएको छ । नगरप्रमुख सुनील प्रजापतिले शुक्रबार सो मन्दिरको शिलान्यास गरेको हो । 

 पालिकाले विगत पाँच वर्षयता १२४ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गरेको नगरप्रमुख प्रजापतिले बताए । उनले पालिकाभित्रका अधिकांश योजना स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्फत विदेशी सहयोग विना नै गरिएको बताए ।

 उपभोक्ता समितिबाट काम गराउँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने, जनताको अपनत्व हुने, आफ्नै श्रोत र साधनको प्रयोग हुने र मौलिक प्रविधिको संरक्षण हुने उनले दावी गरे ।  कृष्ण मन्दिर पुनःनिर्माणमा पनि उपभोक्ता समितिका पदाधिकारीहरुले इमानदारीपूर्वक काम गरी समयमै निर्माण सम्पन्न गर्न मार्गनिर्देश गरे ।