close

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं ।   गाउँपालिका राष्ट्रिय महासंघ  नेपालको तेस्रो महाधिवेशन आजदेखि सुरु हुने भएको छ । कमलादीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आजदेखि महधिवेशन सुरु हुन लागेको हो । 

देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा महाधिवेशन हुने महासंघले जनाएको छ । मंसिर २५, २६ र २७ गते हुने सो महाधिवेशन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने छन् । 
 
महाधिवेनबाट आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन हुने छ । विषयगत विज्ञहरुसँग अन्तरक्रिया, स्थानीय सरकार सवलीकरण सम्बन्धि कार्टुन चित्र प्रदर्शनी र काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम सो महाधिवेशनमा हुने  महासंघले जनाएको छ ।